aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
हिमाल आरोहण

तीन करोड ९६ लाख सलामी दस्तुर संकलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ असोज २०७६
तीन करोड ९६ लाख सलामी दस्तुर संकलन

काठमाडौं । पर्यटकीय सिजन सुरु भएसँगै सरकारले आइतबारसम्म शरद ऋतु (अटम सिजन) मा हिमाल आरोहणबाट तीन करोड ९६ लाख पाँच हजार तीन सय ९४ रुपैयाँ सलामी दस्तुर संकलन गरेको छ ।

पर्यटन विभागले उपलब्ध गराएको तथ्यांकअनुसार यो सिजलमा ४७ देशका तीन सय ९५ आरोहीले आरोहणका लागि आफ्नो नाम दर्ता गराइसकेका छन् ।

सरकारले आरोहणका लागि खुला गरेको हिमालमध्येबाट १७ वटा हिमाल आरोहण गर्न उक्त संख्यामा नाम दर्ता भएको विभागले जनाएको छ ।आरोहण दलका सदस्यमा तीन सय ९५ पुरुष र ९० जना महिला रहेको पनि विभागले जनाएको छ ।

नाम दर्ता गराउनेमध्ये सबैभन्दा बढी २६ समूहका २६० आरोहीले मनास्लु हिमाल आरोहणमा रुची देखाएका छन् भने सबैभन्दा कम थोराङ पिकमा एक समूहका दुई जना आरोहीले आफ्नो नाम दर्ता गराएका छन् । यो समाचार आजको नगरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस