aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

होटलमा जुवातास खेलिरहेका १० जना २ लाखबढी नगदसहित पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ जेठ २०८०
होटलमा जुवातास खेलिरहेका १० जना २ लाखबढी नगदसहित पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका ६ बौद्ध तिनचुली बस्ने ६० वर्षीय रिन्छेन शेर्पाको होटल कमलाछीमा जुवातास खेलिरहेको अवस्थामा रिन्छेनसमेत १० जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २५ हजार ७ सय ३० रूपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस