aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ जेठ २०८०
सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने

काठमाडौँ । आज सरकारले नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ । सरकारले आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने भएका हुन । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरले सो व्यहोराको पत्र पढेर सुनाउँदै शुक्रबार दिउँसो ३ः४५ बजे सम्पूर्ण सदस्यहरुलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिएका थिए । प्रतिनिधि सभाको बैठक पनि आजै साँझ ६ बजे बस्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस