
गलकोट । आफ्ना स्व. पिताको सम्झनामा बागलुङको ढोरपाटन नगरपालिकाका एक व्यक्तिले ज्येष्ठ नागरिक मञ्च बुर्तिवाङको भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका छन् छ ।
ढोरपाटन नगरपालिका–२ घर भई बुर्तिवाङ बजारमा दुग्ध व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी कृष्ण खनालले आफ्ना स्व. पिता घनलाल खनालको सम्झनामा निःशुल्क जग्गा उपलब्ध गराएका हुन् खनालले बुर्तिबाङ बजारको फूलबारी टोल र सेराजाने झोलुङ्गे पुलको नजिकै रहेको १२ आना जग्गा ज्येष्ठ नागरिक मञ्चलाई प्रदान गरेको बताए ।
नयाँ पुस्तामा धार्मिक संस्कार हराउँदै गइरहेको अवस्थामा असल संस्कारको विकास गर्न आफूले उक्त जग्गा ज्येष्ठ नागरिक मञ्चलाई उपलब्ध गराएको बताए । खनालले ज्येष्ठ नागरिकको आश्रयस्थलका रुपमा निर्माण गर्नका लागि सहयोग गर्न पाउँदा निकै खुशी भएको बताए ।
वृद्ध वृद्धाहरु पसिना पुछ्दै भारी बोकेर बुर्तिवाङ बजारमा हिँडेको देख्दा ज्येष्ठ नागरिक मञ्चको नाममा आश्रयस्थल निर्माण गर्न सहयोग गर्ने सोचमा पुगेको उनको भनाइ छ । खनालले लामो समयदेखि बुर्तिवाङ बजारमा कृष्ण दुग्ध उद्योग तथा मिष्ठान्न भण्डार सञ्चालन गर्दै आएका छन् । खनालले लाखौँ पर्ने जग्गा निःशुल्क दान गर्नु महान कार्य भएको नगर प्रमुख देवकुमार नेपालीले बताए । उनले जग्ग प्राप्ति भइसकेपछि ज्येष्ठ नागरिकको भवन निर्माणका लागि नगरपालिकाबाट आगामी वर्ष बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
निःशुल्क प्राप्त भएको जग्गामा भवन निर्माण गर्न लागिपर्ने ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष चन्द्रकान्त आचार्यले बताए। जिल्लाको दोस्रो व्यापारिक शहरका रुपमा रहेको बुर्तिवाङ बजारमा जग्गाको मूल्य निकै महङ्गो छ ।
प्रतिक्रिया दिनुहोस