aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बैंकिङ कसूर मुद्दामा फरार रहेका धर्मनारायण पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ जेठ २०८०
बैंकिङ कसूर मुद्दामा फरार रहेका धर्मनारायण पक्राउ

झापा । बैकिङ कसूर मुद्दाका फरार रहेका धर्मनारायण गणेशलाई प्रहरीले पक्राउ गरेको छ ।  कचनकवल गाउँपालिका ५ घर भएका ३४ वर्षीय गणेशलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७८ फागुन ९ गतेको फैसलाले उनलाई बैंकिङ कसूर मुद्दामा ३ दिन कैद, ७ लाख ५२ हजार रूपैयाँ जरिवाना र पीडित राहत कोषमा ३० हजार ८० रूपैयाँ जम्मा गर्नुपर्ने सजाय ठहर गरेको थियो । 

फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस