aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

राष्ट्रिय योजना आयोगलाई पुनर्संरचना गर्ने सरकारको घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ जेठ २०८०
राष्ट्रिय योजना आयोगलाई पुनर्संरचना गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगलाई पुनर्संरचना गर्ने घोषणा गरेको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जनाएका हुन् ।   

मुलुकमा योजना निर्माण र तिनको प्रभावकारी कार्यान्वयनमै केन्द्रित हुनेगरी अझ व्यवस्थित बनाउने उद्देश्यले आयोगलाई पुनर्संरचना गरिने भएको हो । सरकारी निकायहरु बीचको दोहोरोपना हटाइ राष्ट्रिय योजना आयोगलाई केन्द्रीय रुपकै योजना आयोगका रुपमा पुनर्संरचना गरिने सरकारले घोषणा गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस