aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

पूर्व तयारी भएका आयोजनाले मात्र बजेट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ जेठ २०८०
पूर्व तयारी भएका आयोजनाले मात्र बजेट पाउने

काठमाडौं । अब सरकारले पूर्वतयारी भएका आयोजनालाई मात्र बजेट छुट्याउने भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जनाएका हुन् । 

राष्ट्रपति पौडेलले भने, ‘आगामी आर्थिक वर्षमा तयारीका सम्पूर्ण चरण पूरा भएका आयोजनामा मात्र बजेट विनियोजन गरिनेछ । राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाको कार्यान्वयनमा प्राथमिकता दिइनेछ । आयोजना वर्गीकरण निर्देशिक बमोजिम तीन तहमा सञ्चालन हुने आयोजनाको वर्गीकरण गरी बजेट व्यवस्था गरिने छ ।’ 

विकास आयोजनाहरूको अनुगमन तथा मूल्यांकनलाई नतिजामूलक बनाइने समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ । त्यस्तै, गरिबी परिचय पत्र वितरण दुई वर्षभित्र सम्पन्न गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस