काठमाडौं । काठमाडौं उपत्यका लगायतका नदी किनारामा रहेका वास्तविक विपन्न र भुमीहिनलाई उपयुक्त स्थानमा स्थानान्तरण गरिने भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जनाएका हुन् ।
नदी किनारमा भमि खाली गराइने भएको छ । यसका साथै ठूला सहरका फोहोर व्यवस्थापन गर्न नीति ल्याइने समेत सरकारले घोषणा गरेको छ ।
सरकारी कार्यालयहरुमा विद्युतिय सवारी साधन खरिद गरिने भएको छ । फुस तथा खरका छाना भएका घरहरुलाई जस्ताको छाना बनाउँदै लगिने भएको छ । मध्यपहाडी आसपासमा दश वटा सहरलाई पहिचानयुक्त सहरका रुपमा विकास गरिने सरकारले घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस