काठमाडौं । राष्ट्रिय एम्बुलेन्सको व्यवस्था गर्ने सरकारले घोषणा गरेको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जनाएका हुन् ।
प्रत्येक वडामा आधारभूत अस्पताल सञ्चालन गरिने भएको छ । त्यस्तै, सरकारले स्वास्थ्य सेवा प्रवाहलाई चुस्त बनाउने समेत जनाएको छ ।
शिक्षा क्षेत्रका सबै प्रकारका छात्रवृद्धि कार्यक्रम एकद्धार प्रणालीबाट वितरण गरिने भएको छ । यसका साथै सरकारले दिवा खाजा कार्यक्रमलाई सरकारले निरन्तरता दिने भएको छ ।
प्रतिक्रिया दिनुहोस