काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको अभियानलाई सरकारको नीति तथा कार्यक्रमले साथ दिएको छ । शुक्रबार सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१मा काठमाडौं उपत्यकासहितका नदी किनारका भूमिहीनलाई स्थानान्तरण गर्ने घोषणा गर्दै मेयर साहको खोला किनार खाली अभियानलाई सहयोग गरेको हो ।
संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक भूमिहीन र विपन्नलाई स्थानान्तरण गरी नदी किनारका अतिक्रमित भूमिलाई खालि गराउने घोषणा गरेको छ ।
यस्तै उपत्यकालगायत मुलुकका ठुला शहरको फोहोरमैलाको दिगो व्यवस्थापनको लागि नीतिगत र संस्थागत व्यवस्था गर्ने घोषणा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गरेको छ ।
प्रतिक्रिया दिनुहोस