aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सरकारी कर्मचारीको काम नगरी खाने दिन गए, प्रत्येक महिना रिपोर्ट कार्ड बनाइने

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, ०६ जेठ २०८०
सरकारी कर्मचारीको काम नगरी खाने दिन गए, प्रत्येक महिना रिपोर्ट कार्ड बनाइने

काठमाडौं । राष्ट्रसेवक कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनलाई नतिजामा आधारित बनाउन आगामी आर्थिक वर्षदेखि प्रत्येक महिना रिपोर्ट कार्ड तयार गरिने भएको छ । सरकारको नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन सार्वजनिक प्रशासनले प्रदान गर्ने सेवाप्रति आमनागरिकलाई विश्वस्त पार्दै नतिजामुखी बनाउन सरकारले यस्तो नीति लिने घोषणा गरेको हो।

यसका लागि प्रत्येक महिना प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्री, सचिव र आयोजना प्रमुखको उपस्थितिमा मासिक रिपोर्ट कार्ड तयार गर्ने नीति अगाडि सारिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्मा शुक्रबार प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको छ। 

कर्मचारी प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक एवं प्रशासनविद् डा। बालचन्द्र मिश्रले सरकारको कामलाई वस्तुनिष्ठ र पारदर्शी बनाउने उद्देश्यले मासिक रिपोर्ट कार्ड तयार गर्नु समय सान्दर्भिक र प्रभावकारी कार्यक्रम भएको बताए ।

प्रतिक्रिया दिनुहोस