काठमाडौं । धनगढीमा एक युवती मृत अवस्थामा भेटिएपछि प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीया युवती डा. प्रसन्ना शाह बिहीबार बिहान आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएपछि उनका पूर्वप्रेमी विकल केसी र पछिल्ला प्रेमी डा. सन्दीप भट्टराईलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर शाहको परिवारले ल्याएको किटानी जाहेरीका आधारमा शाहका पूर्व प्रेमी केसी र हालका प्रेमी डा. भट्टराईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । डा. शाहलाई आत्महत्या गर्न वाध्य पारेको भन्दै दुई प्रेमीविरुद्ध उनको परिवारले माया मेट्रो अस्पतालमा उनीसँगै कार्यरत डाक्टर भट्टराई र केसीका विरुद्ध किटानी जाहेर िदिएका थिए ।
मृतकका आफन्तले आत्महत्या दुरुत्साहन सम्बन्धी दुवैजनाविरुद्ध किटानी जाहेरी दिएको प्रहरीको भनाइ रहेको छ । प्रहरीले डा. शाहको मोबाइलसमेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस