
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि शुक्रबार जारी गरेको नीति तथा कार्यक्रमका सम्बन्धमा आजदेखि प्रतिनिधिसभामा छलफल हुने भएको छ । त्यसका लागि संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संघीय संसद भवन सिंहदरबारमा बस्दैछ ।
आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न जेठ ७, ८, ९, १० र ११ गतेका दिनहरु तोकिएको संघीय संसद सचिवालयले जनाएको छ ।
छलफलमा सांसदले उठाएका प्रश्नहरुको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् ।
प्रतिक्रिया दिनुहोस