aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

अवैध लागूऔषधसहित १३ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ जेठ २०८०
अवैध लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौं । झापा, दमक नगरपालिका-३ बेलडाँगीबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्रामसहित ६ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४१ वर्षीय निर्पा राई, ३२ वर्षीय सन्जोग गुरुङ, १९ वर्षीय मन्दिप दर्जी, १९ वर्षीय अविराज गुरुङ, २३ वर्षीय मिलन गुरुङ र २४ वर्षीया दिलु तामाङ रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी बाघखोर र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बेलडाँगीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषध र २ थान मोबाइलसहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी झापा, भद्रपुर नगरपालिका-५ देविबस्ती मेचिकिनारबाट अवैध लागूऔषध ब्राउनसुगर ५ ग्राम ३ सय २० मिलिग्रामसहित नुवाकोट तार्केश्वर गाउँपालिका(३ बस्ने २९ वर्षीय सानुबाबु रिमाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर र सशस्त्र प्रहरी बल बिओपी भद्रपुरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी झापा, मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६ ग्रामसहित मोरङ पथरी शनिश्चरे नगरपालिका(६ बस्ने ३५ वर्षीया दिल माया श्रेष्ठलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी झापा, भद्रपुर नगरपालिका-८ स्थित भद्रपुर एयरपोर्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम २ सय १० मिलिग्रामसहित कमल गाउँपालिका-७ घर भई हाल काठमाडौं नारायणथान डेरा गरी बस्ने २६ वर्षीया एन्जल राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । यति एयरलाइन्सद्वारा भद्रपुरबाट काठमाडौं जान लागेकी उनलाई बिमानस्थल सुरक्षा गार्ड झापाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्रामसहित केराबारी गाउँपालिका-७ बस्ने २५ वर्षीय हिमाल लिम्बुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

म्याग्दी, बेनी नगरपालिका-९ नेप्टेचौर बस्ने २४ वर्षीय सुनिल परियारलाई अवैध लागूऔषध गाँजा १ केजी ९ सय ग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गलेश्वर र जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर भन्सारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्रामसहित चुरे गाउँपालिका-५ खानिडाँडा बस्ने २२ वर्षीय दिनेश अर्खाली मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका(२ बाट नियन्त्रित लागूऔषध नुफिन ७० एम्पुल, फेनारगन ९२ एम्पुल र डाईजेपाम ९१ एम्पुलसहित धादिङ गंगाजमुना गाउँपालिका(८ बस्ने २९ वर्षीय पूर्ण थापालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले ना।२ ह १७७० नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार थापालाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस