aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ जेठ २०८०
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

भक्तपुर । सूर्यविनायक नगरपालिका-८ आदर्श बागमती क्ल्ब बस्ने ३६ वर्षीय काल बहादुर पाख्रीनले आफ्नै घरमा संचालन गरेको आरएन खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा पाख्रीनसमेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७७ हजार रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी चाँगुनारायण नगरपालिका-६ नगरकोट फेदीस्थित सोही नगरपालिका--२ ब्यासी बस्ने २९ वर्षीय बलराम सुवालको अनुग्रह गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा सुवालसमेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७४ हजार १ सय ३० रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस