aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

२५ हजार घुससहित वडाअयक्ष पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ बैशाख २०७६
२५ हजार घुससहित वडाअयक्ष पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित वडाअयक्षलाई नियन्त्रणमा लिएको छ ।

सोमबार सुनसरीको इटहरीस्थित आयोग कार्यालयबाट खटिइ गएको टोलीले सप्तरीको सुरुङ्गा नगरपालिका–५ का वडाअध्यक्ष सिल्टु मियालाई २५ हजार घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । 

वडाअध्यक्ष मियाँलाई सेवाग्राहीसँग २५ हजार घुससहित उनको आफ्नै काठ मिलबाट  नियन्त्रणमा लिइएको आयोगद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ । वडाअध्यक्ष मियाँलाई  नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस