
काठमाडौं । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेका सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८०/८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस