aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

मुगुको खाद्य डिपोमा चामल अभाव भएपछि उपभोक्ता मर्कामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ जेठ २०८०
मुगुको खाद्य डिपोमा चामल अभाव भएपछि उपभोक्ता मर्कामा

काठमाडौं । जिल्लास्थित सोरु गाउँपालिकाको सोरुकोट खाद्य डिपोमा चामल अभाव भएपछि उपभोक्ता मर्कामा परेका छन् । वार्षिक खाद्यान्न कोटा एक हजार पाँच सय मात्र भएकाले स्थानीयले अनुदानको चामल पाउन सकेका छैनन् । 

“गमगढीस्थित खाद्यव्यवस्था तथा व्यापार लिमिडेटबाट एक ट्र्याक्टर चामल सोरुकोट डिपोमा पुग्नेबित्तिकै स्थानीयले चामल लैजान्छन् । गोदाममा चामल जगेडा रहँदैन, गमगढीबाट आउनेबित्तिकै बिक्री भइहाल्छ”, डिपोका कार्यालय सहायक सिंह रोकायाले भने । 

दिनमा ५० देखि एक सय क्विन्टल बिक्री हुँदा गमगढीबाट ढुवानी भएको चामल उपभोक्तालाई पुर्याउनै धौधौ हुने गरेको उनको भनाइ छ । “डिपोमा दुई बोरा चामल लिन आएका स्थानीयले एक बोरासमेत नपाउने अवस्था छ”, रोकायाले भने। आर्थिक अवस्था कमजोर भएका परिवारका घरमा कार्तिके अन्नबाली चैत, वैशाखमा नै सकिने र गहुँ, जौलगायत बाली नपाक्दासम्म खाने अन्न नभएपछि खाद्यमा चामल किन्न धाउने गरेको उनले बताए ।

सोरुकोट खाद्य डिपोमा वार्षिक कोटा नै कम भएको खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिडेटका प्रमुख पुष्कर भामले बर्ताए । आउँदो आर्थिक वर्षदेखि कोटा वृद्धिको माग गरेको उनको भनाइ थियो । “अन्न अभावका कारण भिई, नार्थपु, जिमा, सिप, फोतु, नेरलगायत बस्तीका स्थानीय हिजोआज चामल लिन सोरुकोट डिपो पुग्छन्”, भामले भने । उनका अनुसार सोरुका केही बस्तीमा गत असोज १९ देखि २३ मा आएको बाढीपहिरोले अन्नबाली नष्ट गरेको थियो । 

प्रतिक्रिया दिनुहोस