aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

शनिबार ग्राउण्डेड भएको बुद्ध एयरको जहाजमा फेला पर्यो मुसा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ जेठ २०८०
शनिबार ग्राउण्डेड भएको बुद्ध एयरको जहाजमा फेला पर्यो मुसा

काठमाडौं । शनिबार ग्राउण्डेड भएको बुद्ध एयरको जहाजमा मुसा फेला परेको छ । बुद्ध एयरको जहाज नाइनएन–एजेएल शनिबार जनकपुरमा मुसा देखिएपछि ग्राउण्डेड भएको थियो । उक्त जहाजमा आज चेकजाँचका क्रममा मुसो फेला परेको हो । 

बुद्ध एयरले भनेको छ, ‘हिजो जनकपुरमा मुसा देखिएपछि, रोकिएका जहाज आज विहान ट्रयापमा मुसा भेट्टिएको तथा जहाजलाई सम्पूर्ण चेकजाँच गरि २–३ घण्टासम्म रनअप लिई थप सजगता अपनाइएको थियो ।’

उक्त जहाज आज दिउँसो प्रशिक्षक चालक र टेक्निकल टिमले काठमाडौं ल्याएको छ । जहाजलाई थप निरीक्षण गरि आज दिउँसोबाट पुनः व्यवसायिक उडान थालिने जनाइएको छ । यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी प्याक तथा बन्द गरि ल्याउन समेत बुद्ध एयरले आग्रह गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस