aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अफगानिस्तानमा सैन्य हेलिकप्टर दुर्घटना: दुई पाइलटको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ जेठ २०८०
अफगानिस्तानमा सैन्य हेलिकप्टर दुर्घटना: दुई पाइलटको मृत्यु

काबुल । अफगानिस्तानको उत्तरी सामङ्गन प्रान्तमा आइतबार एउटा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यम टोलोन्युजले जनाएको छ । महाजिर नामका एक अधिकारीलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले दुर्घटना आज दिउँसो खलम जिल्लाको सयद क्षेत्रमा भएको जानकारी दिएको छ । 

उक्त निजी सञ्चारमाध्यमका अनुसार महाजिरले दुर्घटनामा कोही हताहत भएको वा नभएको बताएका छैनन् । यद्यपि टोलोन्युजले अज्ञात स्रोतलाई उद्धृत गर्दै हेलिकप्टरका दुई जना पाइलटको मृत्यु भएको जनाएको छ । रक्षा मन्त्रालयले भने अहिलेसम्म यससम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस