aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

सरकारको नीति तथा कार्यक्रममाथि आज पनि संसदमा छलफल हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ जेठ २०८०
सरकारको नीति तथा कार्यक्रममाथि आज पनि संसदमा छलफल हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसदमा आज पनि छलफल हुने भएको छ ।

गत शुक्रबार प्रस्तुत भएको  नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल शुरु भएको हो । आइतबारको  छलफलमा भाग लिँदै सांसदहरूले आफ्ना सुझाव संसदमार्फत सरकारलाई पेस गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड, उपलब्ध स्रोतसाधनको उचित प्रयोग, सुशासन तथा भ्रष्टाचार निवारण, योजना तथा कार्यक्रमको प्राथमिकीकरणलगायतका सुझाव सांसदहरूले दिएका हुन् । यो क्रम जेठ ११ गतेसम्म जारी रहने छ। आजको बैठक बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस