
काठमाडौं । अध्यागमन विभागले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अमेरिकी नागरिकता त्याग गरेको सम्बन्धमा सर्वोच्च अदालतले निस्सा माग गरेकोमा जवाफ पठाएको छ । जेठ १ गते विभागले सर्वोच्चलाई जवाफ पठाएको हो ।
जवाफमा विभागले सर्वोच्चको गत पौष २४ गतेको प्राप्त पत्रानुसार सक्कल कागजात पठाउन भनिएकोमा सक्कलै आठ पाना कागजात पठाइसकिएको र अदालतबाट पुन विभागमा फिर्ता नपठाइएको उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस