aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

युवा समाजसेवी धिरेन्द्र कुमार सिंह जनमत पार्टी प्रवेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ जेठ २०८०
युवा समाजसेवी धिरेन्द्र कुमार सिंह जनमत पार्टी प्रवेश

काठमाडौं । विगत लामो समय देखि विभिन्न संघ–संस्थामा रहि समाजसेवामा लागेका धिरेन्द्र कुमार सिंह सिके राउत नेतृत्वको जनमत पार्टी प्रवेश गरेका छन । कलाकारिता, खेलकुद, पर्यटन, शिक्षा, स्वास्थ्य आदिका क्षेत्रमा समर्पित सिंहको जनमत पार्टी प्रवेशले सिंगो पार्टीलाई नै ठूलो सहयोग मिल्ने आकंलन धेरैको रहेका छन । 

एक प्रसंगमा सिंहले भने, 'हिजोसम्म  समाजसेवाका विभिन्न माध्यमबाट जनताको घर आँगन सम्म पुगेर सहयोग गरे , अब जनमत पार्टीमा रहेर पनि जनताकै माझमा रहेर जनताकै पक्षमा रहेर काम गर्नेछु ।'

जनताको दुखमा सहयोग गर्ने उद्धेश्यले नै समाजसेवामा थिए अब सिंगो पार्टीको माध्यमबाट नै जनताका मागहरु सदनमा पु¥याउन  पहल गर्नेछु  सिंहले भने । धिरेन्द्र कुमार सिंहलाई पार्टी प्रवेशका क्रममा जनमत पार्टीका अध्यक्ष डा सिके राउतले एक कार्यक्रमकाबीच  पार्टीको सदस्यता सहित खादा ओडाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस