काठमाडौं । बुद्ध एयरको जहाजमा मुसा भेटिएपछि ग्राउण्डेड गरिएको पाइएको छ । शनिबार जहाजभित्र मुसा देखिएपछि बुद्ध एयरको जनकपुरमा नाइन एन–एजेएल जहाज जनकपुरमा ग्राउण्डेड गरिएकोमा आइतबार बिहान फेरि अर्को मुसा भेटिएको एयरलाइन्सले जनाएको छ ।
एयरलाइन्सले दिएको जानकारी अनुसार जनकपुरबाट काठमाडौं उडान भर्ने तयारीमा रहेको उक्त जहाजमा यात्रुले मुसा देखिएपछि उडान स्थगित गरिएको थियो । जहाजलाई सम्पूर्ण जाँच गरी करिब तीन घण्टासम्म ‘रनअप’ लिई थप सजकता अपनाइएको थियो ।
प्रशिक्षक चालक र प्राविधिक टिमले आइतवार सो जहाजलाई काठमाडौँ ल्याएको र जहाजलाई थप निरीक्षण गरी आइतवारबाट नै व्यवसायिक उडान गरेके छ ।
प्रतिक्रिया दिनुहोस