aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नक्कली भुटानी शरणार्थी प्रकरणका ३२ गिरोह को–को हुन् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ जेठ २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणका ३२ गिरोह को–को हुन् ?

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनमा प्रतिव्यक्ति १० लाखदेखि ५० लाखसम्म असुली गर्ने गिरोहमा संलग्न रहेको आशंकामा पक्राउ परेका १६ सहित ३२ जनाको विवरण प्रहरी जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । २०७९ चैतदेखि नै पक्राउ गरेका देशका उपप्रधानमन्त्रीसम्मका गिरोहहरुलाई पक्राउ गरेर प्रहरी तयार गरेर अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । 

प्रहरीले पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, कांग्रेसका पूर्व सभासद आङ्टावा शेर्पा समेत पक्राउ गरेको छ । 

यो प्रकरणमा सबैभन्दा पहिला २०७९ चैत १२ मा  केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारी पक्राउ परेका थिए । यस्तै चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका थिए । यस्तै पूर्व गृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसी, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परेका छन् ।

त्यस्तैगरी, प्रहरीले भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पनि पक्राउ गरेर अनुसन्धान गरेको छ । 

यस प्रकरणमा पक्राउ परेकाहरुबाट नाम पोलिएका १६ जना भने अझै फरार रहेका छन् । फरार रहेकाहरुमा पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकसहित केशव तुलाधर, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, अशोक पोखरेल, धीरेन राई, निरज राई, दीपा हुमागाई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता लिम्बु, निरञ्जनकुमार खरेल र  सुनिल बुढाथोकी पनि फरार रहेका छन् । त्यस्तै, वतन नखुलेकामा गोकुल थापा र रमा थापा पनि फरार रहेका छन् । 

प्रतिक्रिया दिनुहोस