aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

'डेंगुले ६ जनाको मृत्यु, ५ हजार व्यक्ति संक्रमित, आपत्कालीन अवस्था घोषणा गर्नु पर्दैन'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ असोज २०७६
'डेंगुले ६ जनाको मृत्यु, ५ हजार व्यक्ति संक्रमित, आपत्कालीन अवस्था घोषणा गर्नु पर्दैन'

काठमाडौं । डेंगु रोगबाट अहिलेसम्म ६ जनाको मृत्यु भएको स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जानकारी दिएका छन् ।

प्रतिनिधिसभा वैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै मन्त्री यादवले साउन १ देखि भदौ २३ सम्ममा ६ जनाको मृत्यु र ५ हजार ९५ जना संक्रमित भएको पनि बताए ।

यत्तिकै कारण मुलुकमा आपत्कालीन अवस्था घोषणा गर्नु नपर्ने भन्दै मन्त्री यादवले २०६१ मा चितवनमा पहिलोपटक देखिएको डेंगु हाल ५६ जिल्लामा फैलिएको जानकारी दिए । नेपाल डेंगु नियन्त्रण गर्न सक्षम रहेकाले आपत्काल घोषणा गर्नुनपर्ने उनको भनाइ थियो ।

मन्त्री यादवले नेपालले लामखुट्टेबाट सार्ने रोग औंलो र जापानिज इन्सेफ्लाईटिससमेत नियन्त्रणमा ल्याएको भन्दै डेंगुका लागि निर्दिष्ट औषधि बनिनसकेकाले समस्या भएको बताए । यसका लागि लामखुट्टे नियन्त्रण नै मुख्य उपचार भएकोले सबैलाई सचेत गराउन सरकार लागेको उनको भनाइ थियो ।

सांसदहरुले भने सरकार डेंगु नियन्त्रणमा भर्खर तयारीमा लागको भन्दै सरकारको आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस