aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

भीमफेदी कारागारका ३५  कैदीबन्दीलाई झाडापखाला

  • रासस
    रासस
  • मंगलबार, ०९ जेठ २०८०
भीमफेदी कारागारका ३५  कैदीबन्दीलाई झाडापखाला

काठमाडौं । मकवानपुरको भीमफेदी कारागारका ३५  कैदीबन्दीलाई झाडापखाला सङ्क्रमण भएको छ । सोमबार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखापरेको थियो ।

सुरुमा एक जनाबाट सुरु भएको झाडापखाला सङ्क्रमण विस्तारै अन्यमा सङ्क्रमण हुँदै आएको भीमफेदी कारागारका जेलर प्रमुख तीर्थ पौडेलले जानकारी दिए । 

सङ्क्रमण भई बिरामी भएका कैदीबन्दीको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट दुई चिकित्सक, चार  सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी मकवानपुरबाट एक चिकित्सक, चार सहयोगी गरी ११ जनाको टोलीले आवश्यक औषधिसहित उपचार भइरहेको जेलर पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस