दाङ । छात्रालाई जागिर लगाइदिने प्रलोभन देखाएर जबरजस्ती करणी गर्ने एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । लमही नगरपालिका वडा नं. ५ रातोडाँडा निवासी शेषमणी गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।
आइतबार दिउँसो आफ्नै घरमा एक किशोरीलाई करणी गरेको आरोपमा प्रहरीले गौतमलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गौतमलाई प्रहरीले उनकै घरबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। देउखुरीस्थित एक प्राविधिक क्याम्पसमा अध्ययनरत छात्रालाई जागिर लगाइदिने प्रलोभनमा पारेर करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
गौतम देउखुरी बहुमुखी क्याम्पसको उपप्रध्यापक र पूर्व क्याम्पस प्रमुख हुन् ।
प्रतिक्रिया दिनुहोस