aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

स्रोत नखुलेको भारतीय रूपैयाँसहित दुई जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ जेठ २०८०
स्रोत नखुलेको भारतीय रूपैयाँसहित दुई जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको भारतीय रूपैयाँसहित दुई जना पक्राउ परेका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका २ लिङगेटबाट स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रूपैयाँसहित पाल्पा घर भई बिगत २० वर्षदेखि भारत लखनउमा बस्दै आएकी ४० वर्षीया राधा सारुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट लिङगेटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पैदलयात्री राधालाई उक्त भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि रकमसहित राजश्व कार्यालय बुटवल पठाइएको छ ।

त्यस्तै, पर्साको वीरगंज महानगरपालिका १६ रजत जयन्ती चोकबाट स्रोत नखुलेको १ लाख ७३ हजार ९ सय भारतीय रूपैयाँसहित बारा कलैया उपमहानगरपालिका १८ मोतिसर टोल बस्ने ५४ वर्षीय मेहीलाल प्रसाद साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनार्वावाट खटिएको टोलीले भारत रक्सौलबाट वीरगंज बजारतर्फ आउँदै गरेको ना २ प १११३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहलाई उक्त भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस