aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थप दुई दिन हिरासतमा राखिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ जेठ २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थप दुई दिन हिरासतमा राखिने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई थप २ दिन हिरासतमा राखिने भएको छ । यस प्रकरणमा पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा रखिने भएको हो । 

जिल्ला अदालत काठमाडौंले मंगलबार उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई सहित १६ जना पक्राउ परेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस