aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सरकारकाे नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ जेठ २०८०
सरकारकाे नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित

काठमाडौं । सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको मंगलबार को बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । 

बैठकले सांसद तुलसाकुमारी दाहाल, बिमला घिमिरे र डा बिमला राई पौड्यालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथि सांसदले राखेको जिज्ञासाको जवाफ दिएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १४ गते दिउँसो १३ः१ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस