
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधानमा देखिएको किचलो नसेलाउँदै फेरि महासंघका केहि पदाधिकारीले महासंघका महानिर्देशकमा पुन धरणीधर खतिवडालाई ल्याइएको छ ।
नेपाल सरकारको पूर्व सचिवबाट अवकास पाएका खतिवडा यसभन्दा पहिला पशुपति मुरारका अध्यक्ष भएका बेलामा राजीनामा दिएका व्यक्ति हुन। महासंघको विधान त अब महासंघमा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नै अध्यक्ष हुने भएपछि खतिवडालाई अब बन्ने अध्यक्षलाई अप्ठ्यारोमा पार्न ल्याइएको महासंघका एक पदाधिकारीले बताए ।
खतिवडालाई ल्याउन महासंघकी अध्यक्ष भवानी राणा, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ, चन्द्रप्रसाद ढकाल, किशोरकुमार प्रधान उपस्थिति रहेको बैठकले निर्णय गरिएको छ। महानिर्देशक खतिवडाले महासंघको छवि, सरकारी निकायमा सम्पर्क बढाउन र राष्ट्रियअन्तराष्ट्रिय सम्पर्क राम्रो बनाउन खतिवडालाई ल्याएएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस