aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

मैले चुनावमा नौं लाख खर्च गरेः रवि लामिछाने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० जेठ २०८०
मैले चुनावमा नौं लाख खर्च गरेः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती तथा प्रतिनिधिसभा सासंद रवि लामिछानेले उप निर्वाचनको समयमा आफूले नौ लाख रुपैयाँ खर्च गरेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले यस्तो बताएका हुन् ।

उनले भने, ‘ मैले निर्वाचनमा लगभग ९ लाख रुपैयाँ खर्च गरे । यो मैले गरेको खर्च हो । तर, त्यसमा स्वस्फूर्त रुपमा मानिसहरु हिडेका छन्, दौडिएका छन् । यो अलग कुरा हो । उनीहरुले आफ्ना खर्च आफ्नै पकेटबाट गरेका छन् । मैले दिनु परेन ।’

उनले निर्वाचन प्रणाली खर्चिलो रहेको समेत बताए । लामिछानेले भने, ‘यहाँ सबै उपस्थित त हुनहुन्न । जति हुनुहुन्छ छातीमा हात राखेर भन्नुस्, यो निर्वाचनका लागि पार्टीबाट टिकट पाउनका लागि कति पैसा बुझाउनु पर्यो । त्यो टिकट पाएपछि कति खर्च गर्नुपर्यो । र, त्यो पैसा कहाँबाट आयो ?’
कयौं माननीयहरुले कुन ढंगले राजनीतिक यात्रा अगाडी बढाएको र कुन बाटो हुँदै संसदमा छिरेको त्यो छर्लङ रहेको समेत लामिछानेको भनाई छ । 


 

प्रतिक्रिया दिनुहोस