aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

रुकुमपश्चिममा १४ जना सवार जीप दुर्घटना, तीनको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ जेठ २०८०
रुकुमपश्चिममा १४ जना सवार जीप दुर्घटना, तीनको मृत्यु

काठमाडौं । रुकुमपश्चिममा आज बिहान यात्रु वाहक जीप दुर्घटना भएको छ । जिल्लाको सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जीप आज बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा दुर्घटना भएको हो । 

इलाका प्रहरी कार्यालय बाँफिकोट रुकुमपश्चिमका अनुसार जिपमा १४ जना सवार रहेका थिए । जिप सडकबाट अन्दाजी ४०० मिटर तल खसेको छ भने दुर्घटनाको कारण खुल्न सकेको छैन । 

प्रहरीलाई खबर प्राप्त भएको र प्रारम्भिक जानकारीअनुसार तीनजनाको मृत्यु भएको छ भने पाँचजनाको अवस्था गम्भीर रहेको छ । जीपमा सवार सबैजना घाइते भएको प्रहरीले जानकारी दिएको छ । 

हाल स्थानीय तथा प्रहरीले दुर्घटनामा घाइतेहरुको उद्धार गरिरहेको जानकारी प्राप्त भएको छ ।  

प्रतिक्रिया दिनुहोस