aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

नागरिकता विवादको मुद्दाबारे रवि भन्छन्, ‘इरिटेट गर्ने पनि सीमा हुन्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ जेठ २०८०
नागरिकता विवादको मुद्दाबारे रवि भन्छन्, ‘इरिटेट गर्ने पनि सीमा हुन्छ’

काठमाडौं । नागरिकता विवादबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध फेरि सर्वोच्चमा मुद्दा परेको छ । अधिवक्ता युवराज सफलले सर्वोच्चमा मुद्दा दर्ता गरेका हुन् । 

मुद्दा परेकोबारे लामिछानेले सामाजिक सञ्जाल फेसबुक मार्फत आक्रोश पोखेका छन् । उनले लेखेका छन्, ‘मुद्दा हाल्नु  र मुद्दा  हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ ।’ 

घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्ने उनले बताएका छन् । लामिछानेले अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौंमा पेस गरी नेपाली नागरिकता पुन कायम गराएको दाबी गरेका छन् । 

लामिछानेले लेखेका छन्, ‘सर्वोच्च अदालतको  मिति २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य छ । अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु । यसको जानकारी र सक्कल बमोजिम नक्कल मिति २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिए । टेलिभिजन बाट घोक्रो सुक्ने गरी सप्रमाण बोली सकेको थिए ।’    

 

प्रतिक्रिया दिनुहोस