काठमाडौं । अनलाइनमा मार्फत जुवा र सट्टावाजी गर्ने चार जना पक्राउ परेका छन् । आनलाइन मार्फत आइपिएल २०२३ जुवा र सट्टावाजी गर्ने मानिसहरु पक्राउ परेका हुन । बारा कलैया उ म न पा वडा नं ४ बस्ने सरोज साह, सर्लाही रामनगर गा पा वडा नं ६ बस्ने सन्तोष कुमार यादव, पर्सा वी म न पा वडा नं २४ बस्ने धुरेन्द्र प्र।यादव र भारत उत्तर प्रदेश गोरखपुर देवरिया बस्ने मुन्ना भन्ने धर्मनाथ प्र जैसवाल पक्राउ परेका हुन ।
पर्सा वीरगञ्ज महानगरपालिका वडा नं १५ स्थित संजय श्रीवास्तवको तिन तल्ले पकी घरको माथिल्लो तल्लाको उत्तर पट्टीको कोठामा इलष्लिभ मार्फत Mumbai Indians VS Lucknow Super Giants टिमको सट्टाबाजी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
सट्टाबाजीमा प्रयोग भएका मोबाईलहरू, ल्यापटप तथा नेपाली नगद तीन लाख नवे हजार पाँच सय, भारतीय नगद पन्ध्र हजार सात सय पचास बरामद गरेको छ । साथै खेलको Live हेर्न प्रयोग भएको Idea Company को ३२ ष्लinch LED TV समेत फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस