aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

बिल बिजकभन्दा बढी सामान लोड गरेको ट्रक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ जेठ २०८०
बिल बिजकभन्दा बढी सामान लोड गरेको ट्रक पक्राउ

 काठमाडौं । बिल विजकभन्दा बढी औषधी, हार्डवेयर तथा खुद्रा सामानहरू बोकेको ट्रक वीरगञ्जबाट सर्लाहीतर्फ गईरहेको बेलामा पक्राउ परेको छ । प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बुधबार पर्सा वीरगञ्ज महानगरपालिका वडा नं १६ नगवा स्थित सडकखण्डमा पक्राउ गरेको हो । ना ७ ख ७६७६ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा सर्लाही ढुवानी ट्रान्सपोर्टबाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएकाले पक्राउ गरेको प्रहरीले बताएको छ । 

उक्त ट्रक नियन्त्रणमा लिई हेर्दा बत्तीस लाख सड्तीस हजार सात सय उनचालीस  बराबरको हार्डवेयर, स्टेशनरी खुद्रा तथा लत्ताकपडा लगायतका सामानहरू फेला पारी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस