aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

९५ प्रतिशत कर्मचारीले बुझाए सम्पत्ति विवरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ असोज २०७६
९५ प्रतिशत  कर्मचारीले बुझाए सम्पत्ति विवरण

काठमाडौं । मुलुकका ९५ प्रतिशतभन्दा बढी निजामती कर्मचारीले निर्धारित समयभित्र सम्पति विवरण बुझाएका छन् । कूल ८८ हजार ६ सय कर्मचारीमध्ये ८४ हजार ३ सय २ कर्मचारीले निर्धारित समयभित्र सम्पति विवरण बुझाएको निजामती किताबखानाले जनाएको छ । यो सम्पति विवरण बुझाउनुपर्ने कुल कर्मचारीमध्ये ९५ दशमलव १४ प्रतिशत हो ।

किताबखानाका प्रवक्ता एवं सूचना अधिकारी राजेन्द्रप्रसाद पराजुलीका अनुसार सम्पति विवरण बुझाउन २८ भदौसम्मको समय तोकिएको थियो ।

‘हामीले गरेको सूचना प्रवाहको कारण हुन सक्छ अधिकांशले विवरण पेस गर्नुभएको छ’, उनले भने । बाँकी ४ हजारभन्दा बढीले विवरण पेस गरेका छैनन् । यद्यपि, तुलनात्मक रूपमा यो अत्यधिक रहेको बताइएको छ । यो समाचार अजाको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस