aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

कर्णालीका साढे १७ लाख जनताको सरकारले नै गरिदियो दुर्घटना बिमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ असोज २०७६
कर्णालीका साढे १७ लाख जनताको सरकारले नै गरिदियो दुर्घटना बिमा

कर्णाली । कर्णाली प्रदेश सरकारले आफ्ना सम्पूर्ण नागरिकको सामूहिक दुर्घटना बिमा गरेको छ। सरकारले सो बिमाका लागि चालू आर्थिक वर्षमा १ करोड ५० लाख रुपैयाँ छुट्ट्याएको थियो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव र राष्ट्रिय बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले बुधबार आयोजित एक कार्यक्रमबीच बिमासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

यो सहमतिसँगै कर्णाली प्रदेशका १७ लाख ७० हजार नागरिकले दुर्घटनामा परी ज्यान गुमाएको अवस्थामा सम्बन्धित परिवारलाई बिमाबापत तोकिएको रकम प्राप्त हुनेछ।

आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले विपद् जोखिमविरुद्ध सम्पूर्ण कर्णालीका नागरिकको सामूहिक बिमा गरिएको सपष्ट पारे। यो समाचार अजाको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस