aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपतिसमक्ष मन्त्रिपरिषदको सिफारिस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ जेठ २०८०
रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपतिसमक्ष मन्त्रिपरिषदको सिफारिस

काठमाडौं । रेशम चौधरीलाई आममाफी दिने निणर्य मन्त्रिपरिषदले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ  । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका रेशमलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको हो । 

 चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले जेठ १२ गते गृह मन्त्रालयमा फाइल फिर्ता पठाएको थियो । जेठ १५ गते गणतन्त्र दिवसका दिनमा चौधरीलाई आममाफी दिँदै छाड्ने सरकारको योजना छ । 

प्रतिक्रिया दिनुहोस