aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

खगेन्द्रको घरबाट ९ लाख ८९ हजारको धनमाल चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ जेठ २०८०
खगेन्द्रको घरबाट ९ लाख ८९ हजारको धनमाल चोरी

ललितपुर । ईमाडोलमा विभिन्न धनमाल चोरी भएको छ । महालक्ष्मी नगरपालिका ३ ईमाडोल सृजनामार्ग बस्ने खगेन्द्र कुमार डांगीको घरबाट चाँदीको मूर्ति तथा भाँडाकुडा लगायतको सरसामानसमेत गरी करिब ९ लाख ८९ हजार ५ सय बराबरको धनमाल शुक्रबार राति चोरी भएको हो ।

चोरीमा संलग्न हाल फरार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस