aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

राष्ट्रपतिद्वारा जेलमा रहेका ४८२ जनाको बाँकी सजाय मिनाह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ जेठ २०८०
राष्ट्रपतिद्वारा जेलमा रहेका ४८२ जनाको बाँकी सजाय मिनाह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न अभियोग प्रमाणित भइ जेलमा रहेका ४८२ जनाको बाँकी कैद मिनाह गरि दिएका छन् । गठतन्त्र दिवसको अवसर पारेर उनीहरुको बाँकी कैद मिनाह गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० को अवसरमा उनीहरुलाई आममाफी दिइएको जनाइएको छ । 

फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ मा कैदीको चालचलनमा सुधार आएमा र ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेको अवस्थामा कैद सजाय कट्टा गर्न सकिने व्यवस्था छ ।  

हेर्नुहोस् विज्ञप्ति यस्तो छ :

 

प्रतिक्रिया दिनुहोस