aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सरकारले माफी दिएसँगै छुटे रेशम चौधरी, आजै कैलाली जाने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
सरकारले माफी दिएसँगै छुटे रेशम चौधरी, आजै कैलाली जाने

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी थुनामुक्त भएका छन् । कैलालीको टीकापुर ‘नरसंहार’का मुख्य योजनाकार मानिएका चौधरी १६ औं गणतन्त्र दिवसको अवसरमा सरकारको आममाफीसँगै जेलबाट छुटेका हुन् । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई रिहा गर्ने निर्णय गरेको थियो । उनले पाँच वर्ष तीन महिना जेलसजाय काटेका थिए । उनले अब बाँकी १४ वर्ष ९ महिना जेल सजाय छुट भएको छ ।

उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, नेतृ एलिजा गौतमसहित पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरू डिल्लीबजार कारागार पुगेका थिए । उनीहरूले रेशमलाई फूलमालाले स्वागत गरेका छन् । उनी आजै गृहजिल्ला कैलाली जाने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस