aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा थाले तरकारी खेती

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा थाले तरकारी खेती

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी निवास बालुवाटारमा तरकारी खेतीको थालनी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले गणतन्त्र दिवसका अवसरमा आज बालुवाटारस्थित सरकारी निवास परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका हुन् । 

उनले आज त्यहाँ रहेको करेसाबारीमा काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनीयाँलगायतका बीउ र बेर्ना रोपेका छन् । तरकारी रोप्दै प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताए ।

अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि भएको उल्लेख गर्दै यसलाई व्यवस्थित गर्नेतर्फ आफ्नो जोड हुने समेत प्रधानमन्त्री प्रचण्डको भनाइ रहेको छ । 

प्रतिक्रिया दिनुहोस