aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
बजेट (आर्थिक वर्ष २०८०/८१)

बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै, त्यसपछि राष्ट्रपतिलाई ब्रिफिङ गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै, त्यसपछि राष्ट्रपतिलाई ब्रिफिङ गरिने

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्ने कार्यसूची आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो । 

अर्थमन्त्री आज अपराह्न संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेट, आन्तरिक ऋणलगायतका विधेयक मन्त्रिपरिषद्ले पारित गर्नुपर्ने हुन्छ । सो औपचारिकता पुरा गर्न बस्न लागेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणबारे पनि छलफल हुने बताइएको छ ।  प्रधानमन्त्रीको भारत भ्रमण जेठ १७ गतेदेखि २० गतेसम्म हुँदै छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ । अन्य केही आवश्यक र महत्त्वपूर्ण विषयमा समेत सो बैठकमा निर्णय हुनसक्ने बताएको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले पारित गरेपछि अर्थमन्त्री डा. प्रकाश शरण महतले राष्ट्रपति रामचन्द्र पौडेललाई बजेटका बारेमा ब्रिफिङ गर्ने छन्। त्यसपछि भने अर्थमन्त्री संसद्को संयुक्त बैठकमा बजेट पेश गर्न संसद् तर्फ जानेछन् । बजेट भाषणका लागि ४:१५ बजेलाई बैठक बोलाइएको छ।

 

प्रतिक्रिया दिनुहोस