aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

नयाँ नोट १० गतेदेखि साट्न पाइने, कहाँ कहाँबाट पाइन्छ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ असोज २०७६
नयाँ नोट १० गतेदेखि साट्न पाइने, कहाँ कहाँबाट पाइन्छ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैका लागि असोज १० गतेदेखि नयाँ नोट सटहिको काम सुरु गर्ने भएको छ । नेपालीहरुको महान चार्ड दशैंमा नायाँ नोट प्रयोग गर्ने प्रचलन रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार ५, १०, २०, ५० र १०० दरका एक एक बण्डल गरी एक व्यक्तिले १८ हजार ५ सय रुपैयाँ सम्म नायाँ नोट सटही गर्न पाउने छन् । ५ सय र १ हजारका नोट भने चाहेजति वितरण हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसअघिका वर्षहरुमा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथलिबाट नयाँ नोट सटही हुँदै आएकोमा यसपटक केन्द्रीय कार्यालय बालुवाटारबाट नयाँ नोट सटही हुने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै उपत्यका बाहिरका क्षेत्रीय कार्यालयहरुबाट समेत नोट वितरण गरीने भएको छ ।

साथै, सरकारी स्तरका बैंक र ती बैंकका विभिन्न शाखाबाट समेत नयाँ नोट वितरण हुनेछ । यस बाहेक सबै बैंक तथा वित्तीय संस्थाबाट समेत नयाँ नोट पाउन सकिने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस