aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

ढाकाकुमारविरुद्ध मुकुल ढकालले हाले मानहानिको मुद्धा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ जेठ २०८०
ढाकाकुमारविरुद्ध मुकुल ढकालले हाले मानहानिको मुद्धा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्तासमेत रहेका पार्टी महासचिव डा. मुुल ढकालले पार्टीको कारबाहीबाट बर्खास्त भएका पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठका विरुद्ध मानहानिको मुद्धा हालेका छन् । समानुपातिक सांसद बन्नको लागि आफू र पार्टी उपसभापति डोलप्रसाद अर्याललाई २ करोड ८४ लाख बुझाएको भन्ने आरोपले आफूहरुको मानहानि भएको भन्दै डा. ढकालले डा. श्रेष्ठका विरुद्ध मुद्धा दायर गरेका हुन् । 

डा. ढकालले काठमाडौं जिल्ला अदालतमा दायर गरेको फिरादपत्रमा डा. ढाकाकुमारको आरोपले आफ्नो चरित्र हत्या भएको उल्लेख गरिएको छ । ढकालले सामाजिक सञ्जाल मार्फत मुद्दा दर्ताको तारिख–पर्चा सार्वजनिक गर्दै भनेका छन्–  ‘आफूलाई भएको अन्यायविरुद्ध कानुनी उपचार प्रयास गरेको छु ।’

ढकालले आफूले पैसा लिएको आरोप लगाइएको समाचार सार्वजनिक हुनासाथ मानहानिको मुद्दा हाल्ने बताएका थिए । ढाकाकुमारले भने विज्ञप्ति जारी गरी आफूले ३ करोड खाएको आरोप नलगाएको तर केही अनलाइनले आफ्नो अनुमतिबिना समाचार लेखेको भन्दै खण्डन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस