aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

एक लाख ५६ हजारसहित जुवातास खेलिरहेका १० जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ जेठ २०८०
एक लाख ५६ हजारसहित जुवातास खेलिरहेका १० जना पक्राउ

कञ्चनपुर । जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । भिमदत्त नगरपलिका ४ बसपार्कस्थित रतगैया होटलबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका ११ बस्ने ३८ वर्षीय प्रकाश थापासमेत १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५६ हजार २ सय ९५ रुपैयाँ र ६ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस