aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

दिल्लीको नयाँ संसद्ले नेपालको राष्ट्रिय अखण्डतामा बोल्यो धावा !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ जेठ २०८०
दिल्लीको नयाँ संसद्ले नेपालको राष्ट्रिय अखण्डतामा बोल्यो धावा !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १७-२० गतेसम्म भारतको चार दिने भ्रमण गर्ने दुवै देशका अधिकारीहरूले शनिवार घोषणा गरे लगत्तै आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका महत्त्वपूर्ण र ऐतिहासिक धरोहर समेत समेटेर अखण्ड भारतको नक्सा सार्वजनिक गरे । आइतबार उद्घाटन गरिएको भारतको नयाँ संसद् भवनमा राखिएको सो नक्सामा नेपालका लुम्बिनी र कपिलवस्तु लगायतका क्षेत्रलाई समेत भारत भनेर देखाइएको छ ।

तर, नेपालका तर्फबाट औपचारिक रुपमा त्यसको कुनै प्रतिवाद गरिएको छैन । बरु आम रुपमा मानिसहरूले भारत परस्त भन्दै आलोचना गर्ने गरिएका पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने बरु भारतीय त्यो कदमको खुलेर आलोचना गरेका छन् ।

नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष समेत रहेका डा. भट्टराईले भारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’को नक्साले नेपाल लगायतका छिमेकी मुलुकसँगको सम्बन्ध बिगार्ने बताएका हुन् । त्यो नक्सा कुना अभिप्रायले त्यसरी सार्वजनिक गरिएको हो सो बारे भारतीय नेतृत्वले जानकारी दिनुपर्ने उनको भनाइ छ ।

त्यसो त भारतको हेपाहा प्रवृत्तिको पीडा नेपालले मात्रै भोगिरहेको छैन । भारतको नयाँ संसद्मा राखिएको सो  नक्सामा पाकिस्तानका केही भूभागसमेत भारत कै भएको देखाइएको छ । नक्साभित्र पाकिस्तानको तक्षशिलालाई स्पष्ट रुपमा अखण्ड भारतको भूभागका रुपमा देखाइएको छ ।

भट्टराईले ट्विटरमा लेखेका छन्, ‘अखण्ड भारतको विवादास्पद नक्साले नेपाल लगायतका छिमेकमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्ताउन सक्छ । यसले भारतका निकटतम छिमेकीहरूबिचको द्विपक्षीय सम्बन्धलाई बिगार्ने र अविश्वास बढाउने सम्भावना छ । त्यसैले भारतीय नेतृत्वले यस नक्साको वास्तविक अभिप्रायलाई समयमै जानकारी दिनु बुद्धिमानी हुन्छ ।’

तर, प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण अघि त्यो नक्सा बारे कहीँ कतै चुँ सम्म गर्ने सम्भावना देखिएको छैन । उनी कति बिघ्न भारत प्रति लालयत छन् भने अर्को छिमेकी चीनले उनी प्रधानमन्त्री भए लगत्तै दिएको बोहाओ फोरममा सहभागी बन्ने निम्तोलाई समेत उनले अस्वीकार गरे । त्यस बाहेक चीनका राजदूतसँग हुँदै नभएको भनिएको संवादलाई संसद्मा आफ्नो बचाउमा पेश गरेको आरोप समेत उनीमाथि लागिरहेको छ ।

हेर्नुहोस्, तस्बिरमा भारतीय रुपैयाँ ९ अर्ब भन्दा बढी खर्च गरेर बनाइएको भारतको नयाँ संसद् भवन :

प्रतिक्रिया दिनुहोस