aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

बानेश्वरमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ असोज २०७६
बानेश्वरमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले बुधबार दिउँसो जुवातास खेलिरहेको अवस्थामा १० जनालाई नगदसहित पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका–३१ स्थित सचेतनामार्गमा जुवातास खेलिरहेका उनीहरुलाई पक्राउ गरिएको बानेश्वर वृत्तले जनाएको छ । 

रामेछाप घर भएका ३९ वर्षीय देव कुमार बस्नेतको कोठामा जुवातास खेलिरहेको अवस्थामा देव कुमार बस्नेतलगायत १० जना नगदसहित पक्राउ परेका हुन् । 

उनीहरुको साथबाट १ लाख २३ हजार ८ सय ३५ रुपैयाँ र १४ बुक तास समेत बरामद भएको छ । .यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस